काठमाडौँ, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो।
मन्त्री यादवको सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको छ । उद्योगमन्त्री यादव र उद्योग व्यवसायीबिच पछिल्लो समय टिकाटिप्पणी भइरहेको थियो ।
