• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारसमा

प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारसमा


  • 7.6K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारसमा

    काठमाडाैं,२० चैत्र । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे ।

    images

    बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम छ । तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् ।


    तेस्रो आँखा
    लेखकबाट थप