• ट्रेण्डिङ्ग :
नारायणी पुलमाथि सवारी साधन चलाउन र हिँडडुलमा प्रतिवन्ध

नारायणी पुलमाथि सवारी साधन चलाउन र हिँडडुलमा प्रतिवन्ध


  • 4.0K
    SHARES
    • आश्विन ११, २०८३ आइतबार
    • १ महिना अघि
    • 6.1K Views

    नारायणी पुलमाथि सवारी साधन चलाउन र हिँडडुलमा प्रतिवन्ध

    नवलपुर, असोज ११  । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च बन्दै गएपछि नारायणी नदी माथिको पुलमा सवारी साधन सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ । 

    images

    नारायणी नदीको बहाव तिब्र रुपमा बढेको र अझै बढ्न सक्ने भन्दै नवलपुर प्रहरीले सर्वसाधारणलाई पुलमाथि नजान आग्रह गर्दै सवारी साधन चलाउन प्रतिवन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

    प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई जानकारीसमेत गराइरहेको छ । हाल देवघाट जलमापन केन्द्रको तथ्याङ्कले नारायणी नदीको बहाद ११.८४ मिटर देखाएको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले खतराको तहभन्दा पानी धेरै माथि पुगेको छ । साथै प्रहरीले नदीमा दाउरा टिप्न नजान पनि सबैसित अनुरोध गरेको छ ।

     


    तेस्रो आँखा