• ट्रेण्डिङ्ग :
तालमेलको विषयमा निचोडमा पुगिसकेका छैनौँ - लिङ्देन

तालमेलको विषयमा निचोडमा पुगिसकेका छैनौँ - लिङ्देन


  • 17.0K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 26.2K Views

    तालमेलको विषयमा निचोडमा पुगिसकेका छैनौँ - लिङ्देन

    दाङ, २० चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको अहिलेसम्म कसैसँग पनि चुनावी तालमेल गर्ने निर्णय भैनसकेको बताएका छन् । तेस्रो आँखासँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले सत्ता गठबन्धन र प्रतिपक्ष दल एमालेसँग चुनावी तालमेलका विषयमा छलफल भएको भएपनि तालमेलको निक्र्यौल भैनसकेको बताए ।

    images

    ‘चुनावी तालमेल गरेर जाने भन्ने सन्दर्भमा एमालेसँग मात्रै हैन, स्थानीय तहहरुमा गठबन्धनमै आवद्ध दलहरुकाबीचमा पनि साथीहरुले छलफल गरिरहनु भएको छ,’ उनले भने ‘तर तालमेलको विषयमा निर्णय भैसकेको छैन ।’

    त्यसोत, राप्रपालाई अन्य ठूला राजनीतिक शक्तिको वैकल्पिक शक्तिका रुपमा मतदाताहरुले हेरिसकेको भन्दै राप्रपाको पहिलेको स्थितिमा सुधार आउनेमा दुई मतै नरहेको दाबी गरे ।

    ‘लामो समयसम्म नेतृत्व गर्दै आइरहेका ठूला भनिएका राजनीतिक दलहरुप्रति मतदाताको वितृष्णा छ,’ उनले भने ‘यसर्थ ती राजनीतिक शक्तिहरुप्रतिको वितृष्णाले पनि राप्रपा प्रति आम मतदाताहरुको आकर्षण स्वाभाविकै रुपमा रहन्छ ।’

    यस्तै सत्तापक्षीय गठबन्धन नरुचाएका गठबन्धनमा आवद्ध राजनीतिक दलका कार्यकर्ताहरुको मत पनि राप्रपाले पाउने विश्वासमा लिङ्देन छन् । उनले भने ‘जुन पार्टीका कार्यकर्ताहरुले गठबन्धन रुचाएका छैनन्, ती कार्यकर्ताहरुको मत राप्रपालाई आउँछ ।’


    तेस्रो आँखा