• ट्रेण्डिङ्ग :
सुदूरपश्चिमले काठमान्डुलाई १२६ रनको लक्ष्य दियो

सुदूरपश्चिमले काठमान्डुलाई १२६ रनको लक्ष्य दियो


  • 521
    SHARES
    • कार्तिक २८, २०८३ शुक्रबार
    • २३ मिनेट अघि
    • 801 Views

    सुदूरपश्चिमले काठमान्डुलाई १२६ रनको लक्ष्य दियो

    images

    काठमाडौँ, कात्तिक २७ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनाएको हो ।

    सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो । ओपनर स्कट कुगलेइनले छ र विनोद भण्डारीले एक रन मात्र बनाउनुभयो । त्यसपछि ब्याटिङमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता नै नखोली आउट हुनुभयो । दुवैलाई काठमाडौँका बलर सन्तोष यादवले पभेलियन फर्काउनुभयो ।

    त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गर्नुभयो । शेख २५ बलमा १६ रन बनाएर रनआउट हुनुभयो । कप्तान ऐरीले ६० रनको अर्धशतकीय पारी खेल्दै टोलीको स्कोर उकास्नुभयो । थरिन्दु रत्नायकेले अविजित २६ रन बनाउनुभयो ।

    काठमान्डुका बलर जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिनुभयो ।


    तेस्रो आँखा