• ट्रेण्डिङ्ग :
हरेक विद्यालयमा बालमनोवैज्ञानिक शिक्षक आवश्यक छ– मन्त्री रेग्मी

हरेक विद्यालयमा बालमनोवैज्ञानिक शिक्षक आवश्यक छ– मन्त्री रेग्मी


  • 6.3K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    हरेक विद्यालयमा बालमनोवैज्ञानिक शिक्षक आवश्यक छ– मन्त्री रेग्मी

    काठमाडौं, २४ चैत्र । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्रत्येक विद्यालयमा बालमनोवैज्ञानिक शिक्षक आवश्यक भएको बताएकी छन् ।

    images

    मंगलबार संवाद डबलीमा आयोजित  ‘बालबालिकाप्रति सरकारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा रेग्मीले यस्तो बताएकी हुन् । ‘हाल एकदमै ठूलो संख्यामा बालबालिकामा मानसिक समस्या देखिने गरेको छ’, रेग्मीले भनिन् ‘यो अवस्थालाई नियन्त्रण गर्न र बालमनोविज्ञानमा सुधार गर्नका निमित्त प्रत्येक विद्यालयमा एक बालमनोविज्ञान पढेको शिक्षक आवश्यक छ ।’ बालमनोविज्ञानलाई मध्यनजर गर्दै यो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

    पारिवारीक समस्याको कारण पनि बालबालिकाको मनोविज्ञानमा नराम्रो प्रभाव परेको उनको भनाइ छ । उनले चुनाबको समयमा बालबालिकालाई प्रयोग गर्ने कार्यलाई रोक्न आफूले राजनीतिक पार्टीलाई ध्याकर्षण गर्ने प्रतिज्ञा गरिन् ।

    बालबालिका भोलीको कर्णधार भएकोले उनिहरुलाई राम्रो शिक्षा दिन अति आवश्यक भएको उनले बताइन् । प्रतिपक्षले हाउस अवरोध गरेको कारण बालबालिका तथा महिला सम्बन्धी ऐन ल्याउन नसकेको भन्दै सो ऐन ल्याउन अत्यावश्यक भएको रेग्मीकाे भनाइ छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप