• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दिलिप बगडीया पुनः मेयरमै सिफारिस

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दिलिप बगडीया पुनः मेयरमै सिफारिस


  • 7.4K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दिलिप बगडीया  पुनः मेयरमै  सिफारिस

    काठमाडाैं,२९ चैत्र । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए ।

    images

    केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो । २०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको रंगेली नगपालिकामा एमाले उम्मेद्‍वार तेश्रो भएका थिए ।यस्तै नेकपा एमाले धनपालथान गाउँपालिका कमिटीले पनि मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ ।  

    धनपालथान गाउँपालिका गएको चुनावमा पनि उनी उम्मेद्‍वार थिए । तर उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका थिए । नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लामा सबै स्थानीय तहको उम्मेदवारलाई सर्वसम्मत गर्ने तयारी भइरहेको बताए । ‘वैशाख ५ गते भित्र नाम सिफारिस गर्ने समय छ,’ उनले भने,‘ पाँच गते भित्र पालिका र वडामा सर्वसम्मत उम्मेदवार छनोट गर्छाैं ।’


    तेस्रो आँखा
    लेखकबाट थप