• ट्रेण्डिङ्ग :
विदेशी मुद्राको घट्दाे सञ्चितिमा सुधार ल्याउन एनआरएनएले सरकारी अधिकारीसँग छलफल गर्ने

विदेशी मुद्राको घट्दाे सञ्चितिमा सुधार ल्याउन एनआरएनएले सरकारी अधिकारीसँग छलफल गर्ने


  • 6.7K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    विदेशी मुद्राको घट्दाे सञ्चितिमा सुधार ल्याउन  एनआरएनएले सरकारी अधिकारीसँग छलफल गर्ने

    काठमाडाैं,२९ चैत्र । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ। सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिए। 

    images

    बैठकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको हो। सो कार्यक्रममार्फत विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता बरुवालले जानकारी दिए।

    यस्तै बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैरआवासीय नेपालीलाई पारेको अप्ठ्यारोका बारेमा अध्ययन गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने उद्देश्यले उपाध्यक्ष भुषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। सो कार्यदलमा सङ्घका सबै उपाध्यक्ष सदस्य रहेका छन्। 

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • तेस्रो आँखा
    लेखकबाट थप