• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन पेश गरे

स्थानीय तह निर्वाचन पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन पेश गरे


  • 6.9K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    स्थानीय तह निर्वाचन पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन पेश गरे

    काठमाडाैं,१ बैशाख ।  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । 

    images

    ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।  निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्वन्धी निर्णय गरिने आयोगले बताएको छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप