काठमाडौं, ३ बैशाख । ‘पाँच वर्षमा एउटा पनि दिगो विकासको लक्ष पुरा नहुनु जनतालाई ढाँटेर राजनीति गर्नु जस्तै हो’ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले तेस्रो आखाँसँग भने, ‘हामीले चार वटा दिगो विकासका लक्ष प्राप्ति गरेका छौं। जनप्रतिनिधिले सबै भन्दा आधारभूत आवश्यक्तालाई ख्याल गरेर त्यसको दिगो समाधानको उपाय खोज्नु पर्छ। हामीले पनि त्यही काम गरेका हौं।’
धुलिखेल नगरपालिकाले नगरक्षेत्रभित्र कोइलाको प्रयोगलाई प्रतिबन्ध लगाएर विश्वमै चर्चा कमाएको थियो। यतिमात्र होइन धुलिखेलले स्वाथ्यको क्षेत्रमा ठूलो फड्गो मारेको छ। नगरप्रमुख ब्याञ्जुका अनुसार नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, ६५ थरिका औषधि पर्याप्त बनाउने, सबै नागरिकलाई आरोग्यता प्रदान गर्ने लक्षमा नगरपालिका सफल भएको छ।
यस्तै, दिगो विकासका लक्ष अन्तर्गतका शिक्षा, स्वास्थ्य, गरिवी निवारण र स्वास्थ्य खानेपानीको लक्ष धुलिखेलले प्राप्त गरेको छ। दिगो विकासका लक्ष प्राप्त गर्ने दक्षिण एसियाका नगरपालिकामा धुलिखेल पहिलो नगरपालिका पनि हो।
जनप्रतिनिधिले जनताको सेवक सम्झेर काम गरेको अवस्थामा जनताले विकासको प्रत्याभूति गर्न पाउँछन्। नगरप्रमुख ब्याञ्जुले युनिसेफको सहयोगमा गरिवी निवारण, स्वास्थ्य शहर, गणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीमा दिगोविकासको लक्ष प्राप्त गरेको जानकारी दिए।
‘पाँच वर्ष अघि म जनप्रतिनिधि निर्वाचित हुँदा धुलिखेलमा १४ प्रतिशत गरिवी थियो।’ ब्याञ्जुले विगत स्मरण गर्दै भने, ‘अहिले चार प्रतिशतमा झरेको छ। केही वर्षभित्र नै औषत गरिवीको संख्या शून्य पु¥याउने लक्ष नगरपालिकाले लिएको छ।’ धुलिखेल नगरपालिकालाई हरेक क्षेत्रबाट सम्पन्न बनाउने गरी दिगो विकास लक्षका मापदण्डअनुसार काम गर्दै गएको र केही पुरा भएको नगरप्रमुख ब्याञ्जुको भनाइ छ।
शुद्ध खानेपानीमा पनि नगरपालिकाले ठूलो प्रगति गरेको ब्याञ्जुले सुनाए। धुलिखेल नगरपालिकाका विकट ठाउँहरु पातलेखेत र देविटारमा समेत शुद्ध खानेपानीको व्यवस्था गरेको ब्याञ्जुको भनाइ छ। ‘अहिले ८४ प्रतिशत घरमा एक घर एक धाराका हिसाबले खानेपानी पुगेको छ।’ नगरप्रमुख ब्याञ्जुले सुनाए, ‘केही महिनाभित्र ९९ प्रतिशत घरमा खानेपानी पुग्ने तयारी छ।’
गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्मको अध्यायन गर्ने नगरबासीका लागि निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। भने अन्य नगरपालिका तथा जिल्लाबाट आउने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यस्तै, धुलिखेल नगरपालिकाले नेपालमै पहिलोपटक स्वास्थ शहर कार्यक्रम सुरु गरेको छ। नगर प्रमुख ब्याञ्जुले भने, ‘नगरपालिका भित्र पर्याप्त स्वास्थ्य संस्थाहरु छन्, स्वास्थ्य सेवाको पहुँच पनि छ। तर, नागरिकहरु स्वस्थ हुँदैनन्। किन भनेर हामीले अध्ययन ग¥यो। स्वास्थ बनाउनका लागि स्वच्छ खानेपानी, फोहोर पानी प्रशोधन, शुन्य कार्वन उत्र्सजन, स्वास्थ्य बीमा लगायतका कार्यक्रम आवश्यक ठानेर अयिभानकै रुपमा शुरु ग¥यौँ। जसका कारण ९१ प्रतिशत घरमा खानेपानी, ७१ प्रतिशत फोहोर पानी प्रशोधन, शुन्य कार्वन उत्सर्जन तथा गरिवी न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ। जसले गर्दा स्वस्थ शहर निर्माणमा सहयोग पुग्ने छ।’
