• ट्रेण्डिङ्ग :
भागबण्डामा सहमति नजुट्दा ओखलढुंगामा गठबन्धनलाई उम्मेदवार टुङ्याउन सकस  

भागबण्डामा सहमति नजुट्दा ओखलढुंगामा गठबन्धनलाई उम्मेदवार टुङ्याउन सकस  


  • 9.9K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    भागबण्डामा सहमति नजुट्दा ओखलढुंगामा गठबन्धनलाई उम्मेदवार टुङ्याउन सकस  

    काठमाडाैं,३ बैशाख । सत्तारुढ गठबन्धनभित्र भागवण्डामा सहमति नहुँदा उम्मेदवार तोक्न दलहरुलाई सकस परेको छ । वैशाख ३० मा हुने निर्वाचनमा गठनबन्धनका नेताहरुले ५ वैशाखसम्म उम्मेदवार टुङ्याउनु पर्ने वाध्यता छ । तर गठबन्धनका सक्रिय चारदलबीच चुनावी एकता गर्ने सहमति भएपनि सबैले आ आफ्नो अडान नछाडेपछि उम्मेदवारको टुंगो लगाउने सहमतिमा  सकस परेको हो ।  

    images

    जिल्लामा निरन्तर भइरहेका छलफलहरू निष्कर्षमा पुग्न सकेका छैनन् । काँग्रेसले जिल्लाका ८ तहमध्ये १ प्रमुख ३/४ उपप्रमुख र बाँकी वडाहरू लिएर चित्त बुझाउन अन्य दललाई अग्रह गरेको छ । तर यसमा सहमति नहुँदा गठबन्धन टुंगोमा पुगेको छैन । कांग्रेसको निकै बलियो जनाधार भएका स्थानीय तहहरुमा गठबन्धनका नाममा अन्य दललाई छाड्दा जिताउन नसकिने र फेरी एमालेकै हावी हुने डर एकतिर छ भने अर्काेतिर गठबन्धमा सहभागी दलहरुले संगठन जस्तो भएपनि आफुले प्रमुख नै पाउनु पर्छ भन्नेखालको अडानका कारण अहिलेसम्म सहमति हुन नसकेको नेताहरुले बताए छन् ।

    नेपाली कांग्रेस चिशंखुगढी गाउँपालिका नेकपा माओवादी केन्द्रलाई प्रमुख दिएर २ स्थानीय तहमा उपप्रमुखसहित केही वडा अध्यक्ष दिने तयारीमा छ । त्यस्तै नेकपा एस र जनता समाजवादीलाई पनि उप प्रमुख  र केही वडा अध्यक्ष दिएर जान सकिने पक्षमा छ । तर नेकपा एकीकृत समाजवादी र माओवादीले २/२ स्थानीय तह र जसपाले १ स्थानीय तह प्रमुख सहित वडा अध्यक्षमा भागवण्डा गरेर जाने अडानमा छन् । यसले निष्कर्षमा पुग्न नसकिने नेपाली कांग्रेसका नेताहरू बताउँछन् ।

    माओवादीले लिखु र चिशंखुगढीमा प्रमुख पद दावी गरेको छ । त्यस्तै एकिकृत समाजवादीले पनि लिखु र सिद्धिचरण् नगरपालिका प्रमुख तथा अन्य तहमा उप प्रमुख सहित एमालेले जितेका वडामा अध्यक्ष दावी गरेको छ । जसापाले खिजीदेम्वामा प्रमुख मागेको छ । संगठनका हिसावले निकै कमजोर दलहरुले स्थानीय तह प्रमुखको अडान नछाडेपछि शक्ति सन्तुलनको हिसावले कार्यकर्ता तहबाट विरोध आएको नेपाली कांग्रेसका सभापति तेजेन्द्र खनालले बताए ।

    उनले भने, आज गठबन्धन दलहरुबीच छलफल हुँदैछ, निष्कर्षमा पुग्नेगरी वार्ता गर्ने प्रयासमा छौं ।’ सकेसम्म मिलाउने प्रयार गर्ने मिल्न नसके केन्द्रमा फर्वाड गर्ने उनले बताए ।  माओवादीका जिल्ला तहका नेताहरु एमालेमा प्रवेश गरिसेका र समाजवादीकाे संगठन भर्खर सुरुवाती चरणमा रहेकाले उनीहरुको माग अनुसार सिट वाँडफाँड गर्दा गठबन्धनलाई चुनावी परिणाले धोका दिने र एमाले नै हावी हुने अवस्था आउने नेपाली कांग्रेसका नेता टेकराज भट्टराइले बताए ।  नेपाली कांग्रेसले ओखलढुंगामा एक्लै चुनाव लड्ने आट गर्दा धेरै स्थानीय तहमा जित्ने सुनिश्चितता रहेको उनको भनाइ छ ।

    भट्टराइले भने,गठबन्धनका नाममा संगठ नै नभएका साथिहरुलाई प्रमुख पद छाडेर कांग्रेस कार्यकर्ता र मतदाताहरुलाई जवरजस्ती भोट हाल्न लगाउँदा परिणाम फरक हुन्छ’, मतदाता नै नभएका पार्टीका नेताहरुलाई जिताउन सकिदैन ।’  यसखालकाे गठबन्धनले कांग्रेस कार्यकर्तामा निराशा आउने र तितरवितर हुने सम्भावना रहेकाे भट्टराइकाे भनाइ छ । जसपाले एमालेसँग पनि वार्ता गरिरहेको नेताहरुले बताएका छन् । विभिन्न चरणमा वार्ता भएको एमाले जिल्ला अध्यक्ष शंकर कट्वालले यस अघि नै बताइसकेका छन् ।

    आन्तरिक रुपमा भने उम्मेदवार तय गर्न दलहरुले गृह कार्य थालेकाले छन् । एकिकृत समाजवादीले ६ स्थानीय तह र २७ वडामा उम्मेदवार तय गरिसकेको बताएको छ  । गठबन्धन गर्ने चरणमा रहेकाले उम्मेदवार सार्वजिनक गरिसकेको छैन । सम्मानजनक गठबन्धन नभए अन्तमा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी छ । माओवादी केन्द्र ले पनि उम्मेदवार छनौटका लागि छलफल शुरु गरेको छ । नेपाली कांग्रेसले यस अघिनै धेरै वडाहरूमा उम्मेदवार सिफारिसकाे प्रकृया अघिबढाएपनि केन्द्रकाे निर्देशन अनुसार राेकेकाे जनाएकाे छ । गठबनधनबीच तालमेल हुन सकेन भने कसरी सर्वसहमत उम्मेदवार बनाउने भन्ने कांग्रेसभित्र समेत छलफल भएकाे छैन् । 

    प्रमुख प्रतपक्ष एमालले धेरै जसो वडामा उम्मेदवार छनौट गरेको छ । पालिलकामा भने प्रमुख तथा उपप्रमुख छनौटमा एमालेमा सकस छ । नेताहरुका एसम्यान उम्मेदवार बनाउन दाउपेच, गठबन्धन हुँदा चुनाव लड्न पैसावाल नेता खोज्ने कारण पनि एमालेमा उम्मेदवार छनौट पेचिलो बनेको एमाले नेताहरु बताउँछन् ।

    एउटा स्थानीय तहमा ३ देखि १० जना सम्म उम्मेदवारका आकांक्षि रहेको जिल्ला अध्यक्ष शंकर कट्वालले बताए । उनका अनुसार मानेभञ्याङ् गाउपालिकामा रुपलाला तामाङ्गकाे  नाममा सर्वसहमती भएपनि अन्य स्थानीय तहमा तीन जना भन्दा बढी आकांक्षि रहेका छन् ।  लिखु गाउपालिकामा एमालेका १० जनाले अध्यक्षमा आकंक्षा राखेका छन ।  

     

  • सम्बन्धित विषय:

  • # ओखलढुंगा गठबन्धन

  • जीवन शर्मा
    लेखकबाट थप