• ट्रेण्डिङ्ग :
सहमति नजिक सत्तागठबन्धन दलहरू, जसकाे प्रमुख उसैकाे चुनाव चिन्हमा लड्ने तयारी

सहमति नजिक सत्तागठबन्धन दलहरू, जसकाे प्रमुख उसैकाे चुनाव चिन्हमा लड्ने तयारी


  • 6.3K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    सहमति नजिक सत्तागठबन्धन  दलहरू, जसकाे प्रमुख उसैकाे चुनाव चिन्हमा लड्ने तयारी

    काठमाडाैं,५ बैशाख । बालुवाटारमा जारी सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी स्थानीय तहको सनिर्वाचनका लागि सिट बाँडफाँडको तय गर्दै छ । आज विहान ९ बजेबाट सुरु भएको बैठकमा गठबन्धनका शीर्षनेतासहित निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक र सदस्यहरु समेत सहभागि छन् ।

    images

     बैठकमा महानगर र उपमहानगरको भागबण्डामा केन्द्रित रहेको र नेताहरू करिव सहमतिनजिक पुगेको बताइएको छ  । हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्टमाथि अहिले छलफल भैरहेको छ । बैठकमा सहभागि एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने गरी ‘गठबन्धनबीच साझा चुनाव चिन्हमा लड्ने सहमति भएको भएको ती नेताले बताए ।  

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत सहभागी छन् । नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन र देव गुरुङ छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव विजय पौडेल छन् ।

    जसपाबाट बाबुराम भट्टराई, अशोक राई र जनमोर्चाबाट दुर्गा पौडेललगायत सहभागी छन् । छलफलमा भागबण्डाको कुरा समेत करिव मिल्ने चरणमा रहेको बताइएको छ । महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा गठबन्धनभित्रका दलहरुले  ड्राफ्ट तयार गरिएको छ । 

     

     

     


    तेस्रो आँखा
    लेखकबाट थप