• ट्रेण्डिङ्ग :
फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा चयन

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा चयन


  • 9.3K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा चयन

    काठमाडौं, ११ वैशाख । फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा चुनिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आज (आइतबार) भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।

    images

    आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चुनिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नव निर्वाचित खेलाडी संघको कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै ऐक्यवद्धता पत्रसमेत प्रदान गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप