काठमाडाैं,२० वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदैगर्दा उम्मेदवारहरू आक्रमकरूपमा चुनावी प्रचारमा लागेका छन् । दिनहुँजसो उम्मेदवारहरूले दलबलसहित घरदैलो कार्यक्रम गरिरहेका छन भने आमसभाका कार्यक्रमसमेत राखेका छन । धेरैजसो प्रत्यक्ष भेटघाट गरेरै भोट बटुल्न उम्मेदवार सम्बन्धित दलका नेता कार्यकर्ताहरू दिनरात खटेका छन् ।
देशकै सबैभन्दा ठूलो महामनगर काठमाडौं महानगरपालिकामा गठबन्धनका तफर्बाट नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुँने देखिन्छ । यही अभियानमा गठबन्धनको तफर्बाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंह अरू उम्मेदवार भन्दा बढी सक्रिय भएर घरदैलो अभियानमार्फत भोट संकलन गर्दैछिन् ।
हेर्नुहोस सिर्जना सिंहको घरदैलो अभियान तस्वीरमा :














