• ट्रेण्डिङ्ग :
नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु


  • 5.4K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

    एजेन्सी, ६ जेठ । अबुजामा करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।

    images

    नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ । नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् ।

    साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको छ । त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ । उनीहरुलाई आतंक मच्चाइरहेका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए।


    तेस्रो आँखा
    लेखकबाट थप