काठमाडाैं,७ जेठ । नागार्जुन नगरपालिकाको मेयरमा मोहन बहादुर बस्नेत विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका बस्नेत १० हजार १ सय ८६ मतका साथ विजयी भएका छन् । बस्नेतको यो दोस्रो कार्यकाल हुनेछ ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नन्दन हरि गौतमले ८ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा सुशीला अधिकारी विजयी भएकी छन् ।
एमालेबाट उम्मेदवार बनेकी अधिकारीले ९ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार कल्पना नेपालीले २ हजार ७ सय ५३ मत पाएका छन ।
