• ट्रेण्डिङ्ग :
कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए

कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए


  • 8.0K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए

    एजेन्सी,८ जेठ। बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ३० जना आतंककारी मारिएका छन् । सो क्षेत्रमा आतंककारीहरुका बिरुद्धमा यहाँको सेनाले केही दिनयता देखि कारबाही सुरु गरेको थियो ।

    images

    शनिबार बिहान भएको सो कारबाहीमा परेर ३० जना आतंककारी मारिएका बुर्किनाफासोको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यहाँ अवस्थित सैनिक क्याम्पमा ठूलो संख्याका हतियारधारीले हमला गरेका थिए । त्यसका विरुद्धमा गरिएको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हतियारधारी मारिएको बताइएको छ ।

    त्यस क्रममा पाँच जना सैनिक पनि मारिएको सो विज्ञप्तिमा जनाइएको छ । साथै उक्त कारबाहीका क्रममा अरु १० जना सैनिक तथा आतंककारीहरु घाइते पनि भएका छन् । सो क्षेत्रमा खोजी तथा कारबाही जारी रहेको बताइएको छ । उक्त क्षेत्रमा आतंककारीहरुको खोजी कार्यलाई यहाँको सेनाले थप सशक्त बनाउने जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप