• ट्रेण्डिङ्ग :
कांग्रेस १४ औं महाधिवेशन
कांग्रेसले एक लाख बढि नेतृत्व सर्वसम्मत चयन गर्यो/कुन प्रदेशमा कति क्रियाशिल सदस्यको संख्या ? 

कांग्रेसले एक लाख बढि नेतृत्व सर्वसम्मत चयन गर्यो/कुन प्रदेशमा कति क्रियाशिल सदस्यको संख्या ? 


  • 6.4K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कांग्रेसले एक लाख बढि नेतृत्व सर्वसम्मत चयन गर्यो/कुन प्रदेशमा कति क्रियाशिल सदस्यको संख्या ? 

    काठमाडौं, १६ मंसिर ।  नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनकालागि अहिलेसम्म एक लाख बढी नेतृत्व सर्वसम्मत चयन गरेको छ । ६१ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको कांग्रेसले वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म १ लाख ४१ हजार ४२ जना सर्वसम्मत नेतृत्व चयन गरेको १४ औं महाधिवेशन प्रचारप्रसार विभागका प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । 

    images

    त्यसमा ८ हजार ४ सय ७४ जना प्रत्यक्ष निर्वाचनबाट निर्वाचत भएका छन् । केहि जिल्लाको मतपरिणाम आउन बाँकी रहेको प्रवक्ता शर्माले बताउनुभयो । कांग्रेसले क्रियाशिल सदस्यको अन्तिम नामवलि सार्वजनिक गरेको छ । त्यसमा ८ लाख ४० हजार १ सय ६ जना क्रियाशिल सदस्यको विवरण पार्टीको वेभ साईडमा इन्ट्री गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यसमा नयाँ क्रियाशिल सदस्यको संख्या ४ लाख २९ हजार ४ सय २२ र नविकरण गरेको संख्या ४ लाख १० हजार ६ सय ८४ जना रहेका  छन् । 

    प्रवक्ता शर्माका अनुसार, प्रदेश—१ मा १ लाख ७४ हजार ८ सय १३, प्रदेश—२ मा १ लाख ९ सय ९९, बागमती प्रदेशमा १ लाख ८६ हजार ३ सय ३५, गण्डकी प्रदेशमा १ लाख १८ हजार, १ सय ४५, लुम्बिनी प्रदेशमा १ लाख ३१ हजार, १ सय १७, कर्णाली प्रदेशमा ५३ हजार ५ सय ९६, सुदूरपश्चिम प्रदेशमा, ७५ हजार १ सय १ जना रहेको बताउनुभयो । 

    त्यस्तै, उमेर समुहमा १६–२५ वर्ष समूहका ३८ हजार ९ सय ४२ (४.३७ प्रतिशत), २६–४० वर्ष समूहका २ लाख ४३ हजार २ सय ८७ (२७.३ प्रतिशत), ४१—६० वर्ष समूहका ३ लाख २१ हजार १ सय ८४(३६.०४५प्रतिशत), ७५ वर्षमाथिका ११ हजार ६ सय २३  (१.३)प्रतिशत रहेको जनाएको छ । 

    त्यस्तै क्रियाशिल सदस्यको अन्तिम विवरण सार्वजनिक गर्दै पुरुषमा ६ लाख ४४ हजार ५ सय ६५ (७२)प्रतिशत, महिला तर्फ १ लाख ९५ हजार ३ सय ७२ (२१.९२) प्रतिशत, अन्यमा १ सय ६९ (०–०१) प्रतिशत रहेको कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत आइटी विभागका संयोजक दिपेश विष्टले बताउनुभयो ।

    त्यस्तै, कांग्रेसले समावेशी तर्फको क्रियाशिल सदस्यताको पनि टुंंगो लगाएको छ । दलित तर्फ ४४ हजार १७७ (४.९) प्रतिशत, आदिवासी जनजाति तर्फ २ लाख ६ हजार ७३६ (२३.१९) प्रतिशत, मुस्लिम १६ हजार १४२ (१.८) प्रतिशत रहेको संयोजक विष्टले बताउनुभयो । 


    त्यस्तै, थारु तर्फ २७ हजार ३३८ (३.०१) प्रतिशत, मधेसी ८९ हजार ४३९ (१०) प्रतिशत, खस आर्य ३ लाख ६७ हजार २७४ (४१.२१) प्रतिशत,  पिछडिएको क्षेत्रबाट १४ हजार ३०६ (१.६) प्रतिशत रहेको संयोजक विष्टले जानकारी दिनुभयो  । त्यस्तै, अपांगता भएका १८२ (०.०२) र अल्पसंख्यकमा ६ हजार ६२५  (०.७४) क्रियाशिल सदस्य रहेको संयोजक विष्टले बताउनुभयो । 

     

  • सम्बन्धित विषय:

  • # महाधिवेशन

  • तेस्रो आँखा