• ट्रेण्डिङ्ग :
कांग्रेस नेता सिंहले भनेः नेतृत्व चयन गर्दा ध्यान नदिने अनि गुनासो गर्ने ?  

कांग्रेस नेता सिंहले भनेः नेतृत्व चयन गर्दा ध्यान नदिने अनि गुनासो गर्ने ?  


  • 6.9K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    कांग्रेस नेता सिंहले भनेः नेतृत्व चयन गर्दा ध्यान नदिने अनि गुनासो गर्ने ?  

    हेटौँडा, १६ मंसिर । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गर्नुभयो । 

    images

    उहाँले भन्नुभयोः ‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’ कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे ।’ 

    संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ । समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उहाँले  कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # महाधिवेशन

  • तेस्रो आँखा