काठमाडाैं, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा नेपालका विभिन्न स्थानहरुमा कतै वृक्षारोपण तथा कतै सरसफाइ गरिएको छ । काठमाडौंका विभिन्न स्थानहरुमा शसस्त्र प्रहरीबल, विद्यार्थी संगठन तथा काठमाडौं महानगरले सरसफाइ तथा वृक्षारोपण कार्य गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । नेपालले पनि यो दिवस विविध कार्यक्रम गरि मनाउँदै आएको छ । यस वर्ष दिवसका लागि ‘दिगो प्रकृतिमैत्री जीवनयापन: पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।
देशका विभिन्न स्थानमा विभिन्न संगठनहरुले गरेको सरसफाइ तथा वृक्षारोपणका केहि तस्विरहरु:











