• ट्रेण्डिङ्ग :
अमेरिकी सैनिक जनरल ४ दिने भ्रमणमा आज नेपाल आउँदै

अमेरिकी सैनिक जनरल ४ दिने भ्रमणमा आज नेपाल आउँदै


  • 12.0K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 18.5K Views

    अमेरिकी सैनिक जनरल ४ दिने भ्रमणमा आज नेपाल आउँदै

    काठमाडौं,२६ जेठ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए ।

    images

    फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।

    चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल  र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड  स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् । 


    तेस्रो आँखा
    लेखकबाट थप