• ट्रेण्डिङ्ग :
आगलागीमा परी सातको मृत्यु ४६ जना घाइते

आगलागीमा परी सातको मृत्यु ४६ जना घाइते


  • 6.2K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    आगलागीमा परी सातको मृत्यु ४६ जना घाइते

    एजेन्सी, २६ जेठ । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ । 
      
    राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जनाइएको छ  ।

    images

    हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनजुको साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं भवनबाट भागेका छन् । घटनास्थलमा करिब ५० दमकल र १६० अग्नीनियन्त्रकहरु खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • तेस्रो आँखा
    लेखकबाट थप