• ट्रेण्डिङ्ग :
थाइल्याण्डले गाँजामाथिको प्रतिबन्ध हटायाे, खेति र सेवनलाई खुल्ला

थाइल्याण्डले गाँजामाथिको प्रतिबन्ध हटायाे, खेति र सेवनलाई खुल्ला


  • 5.9K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    थाइल्याण्डले गाँजामाथिको प्रतिबन्ध हटायाे, खेति र सेवनलाई खुल्ला

    काठमाडौं, २६ जेठ । थाइल्याण्डले गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ । औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो । 

    images

    लागु औषध सम्बन्धी कडा कानुन रहेको उसले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो ।

    कानुनमा भएको परिवर्तनसँगै अब थाइनागरिकले घरका गमला र खेतबारीमा पनि गाँजा लगाउन पाउने छन् । गाँजा खुल्ला गरेसँगै थाइल्याण्डले गाँजाको कारोबार र सेवन गरेको अभियोगमा जेल हालेका ४ हजार बन्दी रिहा गर्ने तयारी पनि छ ।

    गाँजको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ । थाइल्याण्डले गाँजालाई नगदे बालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप