काठमाडाैं,२९ जेठ । सिद्धिचरण नगरपालिकाले विषयगत समिति गठन गरेको छ । नगरकार्यपालिकाको शनिबारको बैठकले संविधान अनुसार गठन गर्नुपर्ने विभिन्न ५ वटा विषयगत समिति गठन गरेको हो । वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्नु पर्ने व्यवस्था छ ।
जस अनुसार सामाजिक विकास समिति संयोजक वडा नम्बर १ का अध्यक्ष तिर्थ घिमिरे, आर्थिक विकास समितिमा वडा नम्बर ९ का अध्यक्ष गुणराज खड्का,पूर्वाधार विकास समितिमा बसन्त कट्वाललाई जिम्मेवारी दिएइएको नगरप्रमुख तेजेन्द्र खनालले जानकारी दिए । विधेयक समिति संयाेजकमा वडा नम्बर १० का अध्यक्षा रमेश धमला रहेका छन् ।
त्यस्तै वातावरण तथा विपद व्यवस्थापन समितिमा वडा नम्बर ८ का अध्यक्ष एकराज तामाङ र सुशासन तथा संस्थागत विकास समितिमा वडा नम्बर ४ का अध्यक्ष रत्न गुरुङलाई संयोजक दिने निर्णय गरिएको खनालले बताए । कार्यपालिकाको बैठकले वर्षद सुरु हुन थालेको भन्दै नगरभित्रका सबै सडकहरु नियमित सञ्चालनका लागि मर्मत सम्भार गर्ने र नागरिकलाई यातायातसेवा सहज बनाउँन सहजीकरण गर्ने निर्णय गरेको मेयर खनालले बताए ।
