• ट्रेण्डिङ्ग :
राप्रपा महाधिवेशन : १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने 

राप्रपा महाधिवेशन : १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने 


  • 8.8K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    राप्रपा महाधिवेशन : १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने 

    काठमाडौं, १८ मंसिर । नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको मतदान अझै जारी छ । राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो। 

    images

    निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् ।

    महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना,  गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बीनी प्रदेशबाट पाँच सय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सूदुरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् । 

    कुल १७९३ जना प्रतिनिधि रहेका छन् । निर्वाचनमा   राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  

    निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन् । एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेकाे छ ।

  • सम्बन्धित विषय:

  • # महाधिवेशन
  • # राप्रपा

  • तेस्रो आँखा