• ट्रेण्डिङ्ग :
कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन : सबै पदमा संस्थापन इतरको अग्रता (अपडेट)

कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन : सबै पदमा संस्थापन इतरको अग्रता (अपडेट)


  • 6.5K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन : सबै पदमा संस्थापन इतरको अग्रता (अपडेट)

    तेस्रोआँखा डेस्क
    दाङ, मंसिर १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भइरहेको मतगणनामा संस्थापन इतर समूहले अग्रता लिइरहेको छ । पदाधिकारीतर्फको २६५ मत गणना हुँदा सबै पदमा संस्थापन इतर समूह अगाडि छ ।

    images

    सभापतिमा अमरसिंह पुनले १५७ र उनका प्रतिष्पर्धी संस्थापन समूहका भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन् ।

    यसैगरी, दुई उपसभापतिका लागि संस्थापन इतर समूहका अष्टभुजा पाठक १५० र संस्थापन इतरकै भुवनकुमार श्रेष्ठले समान १५० मत लिएर अग्रता कायम राखेका छन् ।

    उपसभापतिमा संस्थापन समूहका राजु खनालले १०९ र सुधाकर पाण्डेले ८० मत प्राप्त गरेका छन् ।

    महामन्त्रीमा संस्थापन इतर समूहका विक्रम पाण्डेले १६३ र संस्थापन इतर समूहकै सुरेन्द्रराज आचार्यले १५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । संस्थापन समूहका जन्मजय तिम्सिनाले ९१ र खिमानसिंह रायमाझीले ८१ मत प्राप्त गरेका छन् ।

    यसैगरी, सहमहामन्त्री (खुलातर्फ) संस्थापन इतर समूहका खगराज पाण्डेले १४१ र विष्णुप्रसाद खनालले १६५ मत प्राप्त गरेका छन् । संस्थापन समुहका मायाँ पुनले १०५ र लक्ष्मीनारायण शाहले ९१ मत प्राप्त गरेका छन् ।

    सहमहामन्त्री (महिलातर्फ) संस्थापन इतर समूहकै निमा पुनले १४३ मतका साथ अग्रता लिएकी छन् । उनका प्रतिष्पर्धी संस्थापन समूहका सरिता चौधरीले ९७ मत प्राप्त गरेकी छिन् ।

    यसैगरी, सबै सदस्य पदमा पनि संस्थापन ईतर समुहकै उम्मेदवारको अग्रता छ ।
    लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानमा १ हजार ६ सय ३१ मत खसेको थियो ।  

     


    तेस्रो आँखा