• ट्रेण्डिङ्ग :
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रम (फोटोफिचर)

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रम (फोटोफिचर)


  • 10.6K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रम (फोटोफिचर)

    काठमाडौं, ७ असार । सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् ।

    images

    289172966_1014702239417135_1495175800424158959_n.jpg

    चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहेको बताए । आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् । आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको अनुमान गरेको लामिछानेले बताए । आजै पार्टीको बैठक बस्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । 

    288806039_1632618807137921_6593013745937453883_n.jpg

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने अवधारणा राखेका उनले आफ्नो पार्टीमा परिवारवाद निषेध र युवा सहभागीता ५० रहने बताए । कार्यकर्ताविनाको पार्टी हुने भन्दै उनले पार्टीमा उम्मेदवार बन्न पहिले पार्टीभित्रबाट चुनिने व्यवस्था गरिने बताए । आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले राम्रो काम नगरेमा उनीहरुलाई फिर्ता बोलाइने पनि बताए ।

    286991170_560287908975508_632589916885096073_n.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए । लामिछानेले व्यापारी व्यवसायीले ढुक्क भएर व्यापार गरेर सरकारलाई नियम अनुसार कर तिरे मात्र पुग्ने बताए । पार्टी घोषणा कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए ।

    288623897_545869617323963_9180426703250273035_n.jpg288905056_544145577191606_2173185372744337974_n.jpg288795469_1042919869676762_4649463992272076136_n.jpg288519992_5310981718980463_8370039014471962175_n.jpg281896912_1037774633611018_3998452668111326446_n.jpg288863234_1071280083768405_1776279569193311638_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप