• ट्रेण्डिङ्ग :
सिद्दिचरण नगरपालिकाकाे बजेट ८१ करोड ६ लाख

सिद्दिचरण नगरपालिकाकाे बजेट ८१ करोड ६ लाख


  • 8.2K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    सिद्दिचरण नगरपालिकाकाे बजेट ८१ करोड ६ लाख

    ओखलढुंगा,१० असार । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख बढिको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दशौँ नगरसभाले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरसभा मार्फत नगरप्रमुख तेजेन्द्र खनालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘हामी सबैको चाहना, समृद्ध सिद्धिचरणको लागि दिगो योजना’ भन्ने नाराका साथ तयार पारिएको नीति तथा कार्यक्रम उनले प्रस्तुत गरेका हुन् ।

    images

    नगरले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, कृषि, सुशासन र समानतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको नगरप्रमुख खनालले बताए । नगरक्षेत्रका नागरिकको मानवीय आवस्यक्तालाई परिपुर्ति पर्ने कार्यक्रमलाई नीति तथा कार्यक्रममा जोड दिइएको उनले जानकारी दिए ।

    नगरसभामा  नगरपालिकाका उपप्रमुख  केदारबाबु बस्नेतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले कुल ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रुपैयाको बजेट प्रस्ताव गरेको छ । जसअनुसार सबैभन्दा धेरै सामाजिक विकासको क्षेत्रमा ५५.९२ प्रतिशत अर्थात ४५ करोड ३३ लाख ७६ हजार १ सय २० रुपैया विनियोजन गरेको छ ।

    यस्तै सुशासन तथा संस्थागत विकास तर्फ १६.५४ प्रतिशत अर्थात १३ करोड ४० लाख ८१ हजार ८ सय ६०, आर्थिक विकासमा १०.९२ अर्थात ११ करोड २८ लाख, पुर्वाधार विकास तर्फ १३.१६ प्रतिशत अर्थात १० करोड ६६ लाख १८ हजार ८ सय ८० र वन, वातावारण तथा विपद् व्यवस्थापनमा ०.४६ प्रतिशत अर्थात ३७ लाख ५० हजार विनियोजन गरेको नगर उपप्रमुख बस्नेतले बताए ।

    नगरपालिकाले अघिल्ला आर्थिक बर्ष भन्दा यो आवमा ७.७८ प्रतिशत वृद्धि भएको उनले बताएका छन् । प्रस्तावित बजेट माथिको छलफलको लागि शनिबार ११ बजे फेरि नगरसभाको बैठक बस्ने नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि शुक्रबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेकाे बताएका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप