• ट्रेण्डिङ्ग :
बन्दुके पाराले अर्थमन्त्रालय चलाउन खोज्दा र्अथतन्त्र तहसनहस भयो –डमरु बल्लभ घिमिर (अन्तरवार्ता)

बन्दुके पाराले अर्थमन्त्रालय चलाउन खोज्दा र्अथतन्त्र तहसनहस भयो –डमरु बल्लभ घिमिर (अन्तरवार्ता)


  • 7.0K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    बन्दुके पाराले अर्थमन्त्रालय चलाउन खोज्दा र्अथतन्त्र तहसनहस भयो –डमरु बल्लभ घिमिर  (अन्तरवार्ता)

    काठमाडौं, ११ असार ।  केही समयदेखि नेपाली सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । सेयर बजारमा आएको गिरावटका कारण विशेषगरी साना लगानीकर्तालाई असर परेको छ । कुनै समय निरन्तर उकालो लागेर ३१ सयको बिन्दुमा पुगेको सेयर बजार हाल निरन्तर ओरालो यात्रामा झरेरे १९ को बिन्दुसम्म आइपुगको छ । सेयर बजार सुधारको माग गर्दै विभिन्न आन्दोलन भइरहेका छन् । तर पनि सेयर बजार सुधारमा सम्बन्धित निकायले चासो दिएका छैनन् । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत हुनुभन्दा अगाडि देखि सेयर बजारमा अस्वभाविक रुपमा गिरावट आइरहेको छ । यसै सन्दर्भमा सेयर बजारमा निरन्तर रुपमा भएको गिरावट, यसको कारण र सरकारको निति लगायतको विषयमा रहेर सेयर बजार विश्लेषक डमरु बल्लभ घिमिरेसँग तेस्रो आँखाले गरेको कुराकानीको संपादीत अंश :

    images

    सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ यसलाई कसरी लिनुहुन्छ ? 

    सेयर बजारमा हप्तामा दुई दिन बढ्ने, तीन दिन घट्ने प्रक्रिया हुनुपर्ने थियो । तर लगभग तीन महिना हुन लाग्यो निरन्तर ओरालो लागि रहेको छ । हिजो लगातार बढेर ३१ सय पुगेको सेयर बजार अहिले घटेर १९ सय भन्दा तल आउने स्थिति भएको छ । लगभग तीन महिनाको समयमा एक हजार अंकले सेयर बजार घटेको छ । यो भनेको अत्यन्त दुर्भाग्यको विषय हो । 

    सेयर बजार यसरी अस्वभाविक रुपमा ओरालो लाग्नुको कारण चैँ के के हुन् ? 

    नेपालको सेयर बजार यसरी निरन्तर ओरालो लाग्नुको कारण राजनैतिक अस्थिरता, सरकार र राजैनीतिक दलहरुले एक अर्कालाई गर्ने दोषारोपण हो । जिम्मेवार कोही छैन्, एक ले अर्कोको टाउकोमा दोष थोपर्ने काम मात्र भइरहेको छ । सहि समयमा सहि व्यक्तिले सहि भूमिका खेल्न नसक्दा नेपालको अर्थतन्त्र हाल तहसनहस भएको छ । अर्थमन्त्री अर्थक्षेत्रको एउटा विज्ञ हुनुपर्ने ठाउँमा एउटा बन्दुक बोकेर आएको मानिसलाई अर्थमन्त्रालयको जिम्मा लगाइएको छ र त्यो व्यक्तिबाट नेपालको अर्थतन्त्र सुधारको आशा गरिएको छ । जुन सम्भव छैन ।  राष्ट्र बैंकको गलत निति, अर्थमन्त्रालयको गलत नीति, सरकारको गलत नीतितले गर्दा अर्थतन्त्र तहसनस भएको छ । सेयर बजारमा आएको यो संकटले लगभग ५२÷५३ लाख मानिस मर्कामा परेका छन् तर सरकारले यो बुझ्न सकेन । नेपाल राष्ट्रबैंक, अर्थमन्त्रालय, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, बिमा समीति तथा विद्युत नियमन आयोग जो पब्लिक आयोगमा छन् यीनीहरुको चिर निन्द्राको कारणले अहिलेको सेयर बजार तहसनहस भएको छ । यही कारणले हाल आम नागरिकहरु व्यापक मर्कामा परेका छन् । 

    अर्थमन्त्रीको कमजोरीको कारणले नेपालको अर्थतन्त्रमा यो अवस्था आएको भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?

    कुनै समय नेपालको अर्थमन्त्रालयमा अर्थतन्त्रसम्बन्धी निकै विशेषज्ञहरुलाई जिम्मेवारी दिइन्थ्यो । अहिले अर्थमन्त्रालयको नेतृत्व खाली राजनैतिक शक्तिको आधारमा मात्र बनाइने कारणले देशको अर्थतन्त्रमा सुधार हुन सकेको छैन । अर्थमन्त्री जो पनि हुनसक्छ त्यसमा मेरो कुनै आपत्ति छैन तर उहाँलाई अर्थतन्त्रको आइडिया छैन भने विशेषज्ञहरु राख्नुपथ्र्यो, सल्लाहकारहरु राख्नुपथ्र्यो । तर यहाँ खाली आफ्नो एकोहोरो ढिपी र बन्दुके पाराले अर्थतन्त्रलाई चलाउन खोज्दा यो अवस्थाको सिर्जना भएको हो । नेपाल राष्ट्र बैंकको गभर्नरको नालायकपनले पनि अहिले देशको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको हो । हालसम्म गभर्नरको विरुद्धमा नारा, जुलुस उठेको थिएन अहिले लगानीकर्ताले आन्दोलनले गरिरहेका छन् । गभर्नरको विरुद्धमा पहिलो पटक यसरी मुर्दावाद र राजिनामाको नारा लागेको छ । 

    नेपालको सेयर बजारमा साना लगानीकर्ताहरुलाई खास के कस्तो असर परेको छ ?

    ठूला लगानीकर्ता सुरक्षित छन् । तर साना लगानीकर्ता अहिले एकदमै मारमा परेका छन् । साना लगानीकर्ताले थोपा थोपा पैसा जम्मा गरेर सेयरमा लागनी गरको हुन्छन् । साना लगानीकर्तालाई सबैभन्दा बढी असर गरेको कारणले यस सम्बन्धमा धितोपत्र बोर्डले, राष्ट्र बैंकले, बिमा समितीले हेनुपर्ने तर यीनीहरुले खाली ठूला लगानीकर्ताका कुरा सुन्ने साना लगानीकर्तालाई नहेर्ने गरेको पाइन्छ । अहिले ठूला लागनीकर्ताले मात्र आन्दोलन गरेका छन् तर यही अवस्था रहिरह्यो भने साना लगानीकर्ता पनि बाध्यभएर सडकमा आउनुपर्ने अवस्था बन्छ । यो विषयमा सरकारले र सम्बन्धीत निकायले बेलैमा सोच्न जरुरी छ । 

    भर्खरै सरकारको नीति कार्यक्रम तथा बजेट पनि आएको छ । सेयर बजारको सन्दर्भमा सरकारको नीति कस्तो छ ? 

    सरकारको सेयर बजारसम्बन्धि नीतिहरु एकदमै गलत छन् । लगानीकर्तालाई उत्साहित गर्ने र उनीहरुलाई टेवा पुर्याउने किसिमको छैनन् । चार करोड र १२ करोडको नीतिले सेयर बजार डामाडोल भयो । त्यसमाथि यो भन्दा अगाडिको अर्थमन्त्री सेयरबजार अनुत्पादनक क्षेत्र भनेर लाग्नुभयो । उहाँहरुको नीतिमात्र गलत नभएर उहाँहरुले गलत बोल्दिने, गलत सोचाइ राख्ने र गलत प्रक्रियाले सेयरबजारमा असर पर्ने गरेको छ । बिमा समितीले जन्मेको चार वर्ष नभइ सबै मर्ज गर भन्ने जस्ता अस्थिर नीतिको कारणले पनि यसमा असर पगेको छ राष्ट्र बैंक, धितोपत्र बोर्ड र बिमा समितीको कारणले पनि सेयरबजारमा यस्तो असर परेको छ । 
     

     


    तेस्रो आँखा
    लेखकबाट थप