• ट्रेण्डिङ्ग :
प्रदेश १ मा गुरुराज घिमिरेले लिए अग्रता

प्रदेश १ मा गुरुराज घिमिरेले लिए अग्रता


  • 5.8K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    प्रदेश १ मा गुरुराज घिमिरेले लिए अग्रता

    विराटनगर, १९ मंसिर । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा २०० मतमा घिमिरेले १०७ मत प्राप्त गरेका छन् ।

    images

    उनका प्रतिस्पर्धी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन् । उपपसभापतिमा गोविन्दप्रसाद ढुंगाना ८५, टंकप्रसाद राई ९७, रमेशजंग रायमाझी ८७ र विश्वनाथ रिजालले ८४ मतका साथ प्रतिस्पर्धा छन् ।

    महामन्त्रीमा उमेश थापाले ९६, दिपनकुमार श्रेष्ठले ८९, पदमसुन्दर पालुङ्वाले ८४ र भुपेन्द्र राईले ८९ मत प्राप्त गरेका छन् ।

    सहमहान्त्री (महिला)मा प्रमिलाकुमारी गच्छदारले ८७ र सीता कार्कीले ९४ मत ल्याएका छन् । सहमहामन्त्री (खुल्ला) मा खड्ग फागोले ११९, रोहितकुमार साहले ७१, विनोदकुमार बस्नेतले ८२, वीरकाजी राईले ८४ र शुभचन्द्र राई ७ मतका साथ प्रतिस्पर्धामा छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा