• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक ११.८२ अंकले घट्याे

नेप्से परिसूचक ११.८२ अंकले घट्याे


  • 6.6K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    नेप्से परिसूचक ११.८२ अंकले घट्याे

    काठमाडौं, १४ असार । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।

    images

    कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ । मगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

    मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाउनेमा दरिए । यस्तै बजारमा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्ड, जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लगायतका कम्पनी रहे ।


    तेस्रो आँखा
    लेखकबाट थप