• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध

काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध


  • 7.8K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध

    काठमाडौं, १७ असार । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका  सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।  

    images

    साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाडाैं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ । 

     


    तेस्रो आँखा
    लेखकबाट थप