काठमाडाै, १८ असार । फरवार्ड मोहमद सलाहले थप तीन वर्षका लागि क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । अब उनी २०२५ सम्म लिभरपुलमा रहने छन् ।सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए । सलाहले लिभरपुलका लागि २ सय ५४ खेल १ सय ५६ गोल गरेका छन् ।
सलाहले लिभरपुलका लागि च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।
