• ट्रेण्डिङ्ग :
सोमबार सेयर बजार घट्याे

सोमबार सेयर बजार घट्याे


  • 6.5K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    सोमबार सेयर बजार घट्याे

    काठमाडौं, २०  असार । सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो ।

    images

    अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । यो आइतबारको तुलनामा ९.७५ अंक कम हो । तर, कारोबार रकममा भने सोमबार उछाल आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

    कुल २३४ वटा कम्पनीको ७५ हजार ७९० वटा कारोबारबाट १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएको छ । घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, सामलिङ पावर, साल्ट ट्रेडिङ, विशाल बजार कम्पनीसहितका कम्पनीको मूल्य बढ्यो ।

    ग्लोबल आईएमई डिभेन्चर, युनियन हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ । सोमबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप