• ट्रेण्डिङ्ग :
नवनियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

नवनियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए


  • 5.5K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    नवनियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

    काठमाडौं, २० असार । सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् ।

    images

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रीहरुले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरिसकेका छन् ।

    जनता समाजवादी पार्टीले मन्त्रीहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषदमा पठाएको हो ।  जसपाले नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अरु मन्त्रीलाई फिर्ता बोलाएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप