• ट्रेण्डिङ्ग :
सुर्खेतमा पहिरो खसेर एकको मृत्यु

सुर्खेतमा पहिरो खसेर एकको मृत्यु


  • 6.7K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    सुर्खेतमा पहिरो खसेर एकको मृत्यु

    कर्णाली, २१ असार । सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका– ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    images

    पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरु अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाई भएको बताए । 

  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप