काठमाडाैं,२२ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलीलाई सरेकाे छ । आज १ बजेका लागि तय भएको बैठक भोलि (बिहीबार) ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हाे ।
प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो । यस्तै वैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने भनिएको थियो ।
पार्टीर्काे बैठक चलिरहदा यता अथर्मन्त्री जनार्दन शर्माकाे संसदमै राजीनामा मागिएकाे छ । यसकाे निकास निकाल्न पनि नेताहरूकाे व्यवस्तता बढेकाले बैठक सारिएकाे बताइएकाे छ ।
