• ट्रेण्डिङ्ग :
अर्थमन्त्री विवादबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने

अर्थमन्त्री विवादबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने


  • 6.2K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    अर्थमन्त्री विवादबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने

    काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मा विवादबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने भएको छ । संसदीय छानबिन समितिमा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् ।

    images

    अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ । एमालेले अर्थमन्त्रीले राजिनामा दिनुपर्ने अडानलाई भने कायम नै राखेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप