• ट्रेण्डिङ्ग :
जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेकाे छ - राजेन्द्र महताे

जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेकाे छ - राजेन्द्र महताे


  • 5.8K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेकाे छ - राजेन्द्र महताे

    काठमाडाैं,२२ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का सांसद एवं पूर्वमन्त्री राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् ।

    images

    उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे ।नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ ।नेता महतोले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ ।

    त्यसैले पुरानो, जसमा विवाद छ त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरूको समस्या समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ, उनले भने । 

     


    तेस्रो आँखा
    लेखकबाट थप