काठमाडौं, २६ असार । जिल्ला खेलकुद विकास समिति बाँकेको अध्यक्षमा सन्दिपजङ्ग शाह नियुक्त भएका छन् । नेपाल तरुणदल बाँके तथा नेपालगन्ज उपमहानगरका सभापति शाहलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जेपी भट्टराईले नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश प्रतिनिध समेत रहेका शाहसहित उपाध्यक्षमा चेतकान्त भट्टराई, कोषाध्यक्षमा विरेन्द्र शाही, सदस्यहरुमा रञ्जीत सिंह सिजापति, मञ्जु शाह, मो.जावेद हल्वाई, रेवती सिंह, दिपक वली र चन्द्र राना चयन भएका छन् ।
खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावलि २०७८को नियम १० को उपनियम १ मा भएको ब्यवस्था अनुसार असार १९ गते प्रदेश खेलकुद परिषद्को निर्णयले शाह नेतृत्वकाे नयाँ कार्य समिति गठन गरेको हो ।
