काठमाडौं, २९ असार। भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो । आगलागी भएको स्थानमा काठमाडौं महानगरका मेयर बालेन साह पनि पुगेका थिए ।











