• ट्रेण्डिङ्ग :
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने


  • 6.9K
    SHARES
    • आश्विन २१, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

    नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ। 

    images

    नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाएका छन्।

    विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ। पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ। महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।


    तेस्रो आँखा