• ट्रेण्डिङ्ग :
झापामा आगलागी हुँदा  ६ घर जलेर नष्ट

झापामा आगलागी हुँदा  ६ घर जलेर नष्ट


  • 6.0K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    झापामा आगलागी हुँदा  ६ घर जलेर नष्ट

    झापा । झापामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा बुधबार बिहान आगलागी हुँदा ६ वटा घर पूर्ण रूपमा क्षति भएका हुन् । 

    images

    बिहान करिब तीन बजे स्थानीय अब्दुल करिम अलीको घरमा विद्युतीय मिटर सर्ट भई आगलागी भएको थियो । विद्युत सर्ट हुँदा अब्दुलको घरसँगै जोडिएका अन्य पाँच घर पनि जलेर खरानी भएका थिए । अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयको नेतृत्वमा करिब ३ घन्टापछि आगो नियन्त्रण गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • तेस्रो आँखा