• ट्रेण्डिङ्ग :
भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु


  • 8.2K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

    विराटनगर, ६ साउन ।  भारतीय नम्बर प्लेटको कन्टेनरले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–२ गंगा चोकमा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो। 

    images

    विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ नै जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ठक्कर दिएको हो । कन्टेनरले बिहान ८ः४५ बजेतिर कोसी लोकमार्गमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    कन्टेनरको तीव्र गतिका कारण दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार  कार्कीले बताए। प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ।

    साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा कन्टेनरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको प्रनि कार्कीले बताए। घटनाको विरोधमा स्थानीयले सवारीसाधन सञ्चालनमा रोक लगाएर केहीबेर कोसी लोकमार्ग अवरुद्ध गरेका थिए।

  • सम्बन्धित विषय:

  • # दुई जनाको मृत्यु

  • तेस्रो आँखा