कैलाली १० साउन । प्रहरी कार्यालयअघि होहल्ला गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाअध्यक्ष बहादुर सिंह महरा रक्सी खाएको आरोपमा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय झलारीको गेटअगाडि आएर होहल्ला गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रक्सीले मातेर प्रहरी कार्यालय अगाडि आई होहल्ला गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार राति करिब ८ बजेतिर वडाध्यक्षलाई नियन्त्रणमा लिएर बिहान ५ बजे परिवारका सदस्यको जिम्मा लगाइएको छ । वडाध्यक्षलाई पक्राउ गर्न प्रहरीले सामान्य बलसमेत प्रयोग गरेको थियो । उनलाई लछार–पछार पार्दै प्रहरीले नियन्त्रणमा लिएर भिडिओ पनि सार्वजनिक भएको छ ।
एक पारिवारिक विवादका विषयलाई लिएर महरा प्रहरी कार्यालय पुगी हल्ला गरेको प्रहरीको भनाइ छ ।
