• ट्रेण्डिङ्ग :
कार्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन, बली, गोरु र हलिको पूजा


  • 66
    SHARES
    • कार्तिक २५, २०८३ मंगलबार
    • १ घण्टा अघि
    • 101 Views

    कार्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन, बली, गोरु र हलिको पूजा

    काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

    images

     

    आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।

    कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा.पुरुषोत्तम भट्टराईले बताए ।


    बली, हलि र गोरु पूजा

    भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्र्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो ।

    वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।

    यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

     


    तेस्रो आँखा