• ट्रेण्डिङ्ग :
पोखरा एभेन्जर्सले कर्णालीलाई २१८ रनको दियो

पोखरा एभेन्जर्सले कर्णालीलाई २१८ रनको दियो


  • 638
    SHARES
    • कार्तिक २४, २०८३ सोमबार
    • १४ मिनेट अघि
    • 981 Views

    पोखरा एभेन्जर्सले कर्णालीलाई २१८ रनको दियो

    काठमाडौँ,  कात्तिक  २३ गते ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको चुनौती दिएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो ।

    पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए । 

    बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । यस्तै मार्क वाटले एक विकेट लिए । कर्णाली याक्सले अहिले जवाफी ब्याटिङ गर्ने क्रममा पाँच ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।रासस


    तेस्रो आँखा