काठमाडौं, ११ साउन । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना भने घाइते भएका छन् ।
एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि ट्रिपरमा, बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गएराती ९ बजे, ठोकिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका १२ ठेचो बस्ने अन्दाजी २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारकै क्रममा ठगिन्द्रको भने मृत्यु भएको हो । अर्का घाइतको अवस्था मध्यम रहेका अस्पताल श्रोतले जनाएको छ । दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
