नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओली बिरुद्ध खरो रुपमा उत्रिएका सांसद मेटमणी चौधरीले एमाले बिभाजन पश्चात सम्भावित मन्त्रीको रुपमा निकै चर्चा पाए । माधब कुमार नेपालका बिश्वास पात्र भनेर चिनिएका मेटमणी ओलीको खरो आलोचक बनेर उत्रिएपछि नेपालले उनलाई कुनै न कुनै मन्त्रालयको भाग दिन्छन् भन्ने आँकलन भैरहेकै थियो । नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टी पनि सरकारमा जाने निर्णय भएपछि मेटमणीलाई त बधाई दिनेहरुको ताँती नै लाग्यो । उनि मन्त्री बन्ने पक्का पक्की नै भैसकेको भन्ने चर्चाले उनलाई मन्त्रीका रुपमा बधाई दिईयो । तर मन्त्रीका रुपमा बधाई खाईसकेका मेटमणी मन्त्रीको सुचीबाट मेटिएका छन् । अन्ततः नेपालले उनलाई सरकारमा नपठाउने निर्णयमा पुगेका छन् । मन्त्री टुंग्याउने जिम्मा पार्टीले नेपालको सचिवालयलाई नै दिएको थियो ।
मन्त्री बन्ने पक्का पक्की जस्तै भएका मेटमणीको नाम मेटाएर अध्यक्ष नेपालले आफ्नो भागमा परेका चार मन्त्रालयमा मेटमणी बाहेकका चार नाम टुंग्याएका छन् । समाजबादीका नेता बिरोध खतिवडाका अनुसार खतिवडा आँफै शहरी बिकास मन्त्री बन्ने भएका छन् । यसैगरि रामकुमार झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रेम आले पर्यटन तथा नागरिक उड्ययन मन्त्री र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । मेटमणी यसअघि पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भनेर चर्चा भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबाट मन्त्रीहरुको नामावली प्राप्त भएपछि आजै मन्त्री परिषद बिस्तार गर्ने तयारी गरेका छन् ।
मन्त्रीको सुचीमा नपरेपछि यसो भने मेटमणीले
काे मन्त्री बन्नु भयाे ? काे मन्त्री हुनु भएन ! मुख्य बिषय हाेइन । मुख्य बिषय प्रणालि जाेगिएकाे छ । संबैधानिक सर्बोच्च कायम भएकाे छ र कानुनि राज्यकाे स्थापना भएकाे छ । जहाँसम्म मन्त्री बन्ने संभावनाकाे कुराे - प्रतिनिधि सभाकाे सदस्यले त्याे चासाे राख्छ र राख्नु पनि पर्दछ तर दिर्घकालिन चेत राखेर राजनितिकाे खुल्ला चाैरमा प्रबेश गरेकाे राजनैतिक खेलाडिकाे लागि मन्त्री पद गाैर बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुराे - सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहि त्याे कम्बिनेसन नमिल्न नि सक्छ । अाजकाे परिस्थिति यहि नै हाे ।
हामी कठिन माेडमा छाै । याे घडिमा सबैमा धैर्यधारणकाे जरूरि छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरि छैन । पार्टिलाई अझ सशक्त र समृद्ध बनाँउनु जरूरि छ । पार्टि साइजमा नअाँउदै कुनै पनि प्रकारका गुनासा र माेलमाेलाइकाे लागि स्पेश दिनु जरूरि देख्दैन । नेपालकाे लाेकतन्त्रलाई सस्थागत गर्ने कुरामा याेग्दानकाे लागि पहल गराै । याे बिचमा म प्रति धेरै साथिहरूले साहनुभुति राख्नु भएकाे महसुस मैले गरेकाे छु । सबै माहनुभाबहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र अागमि दिनमा पनि उच्च प्रकारकाे समन्वयकाे अपेक्षा पनि लिएकाे छु । अन्तमा- मन्त्रीकाे सिफारिसमा पर्नु भएका सबै माननीय ज्युहरूकाे सफल कार्यकालकाे लागि शुभकामना ब्यक्त गर्दछु ।
