• ट्रेण्डिङ्ग :
विक्की र कट्रिना प्रहरीको शरणमा,ज्यान मार्ने धम्की कसले दियो ?

विक्की र कट्रिना प्रहरीको शरणमा,ज्यान मार्ने धम्की कसले दियो ?


  • 7.3K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    विक्की र कट्रिना प्रहरीको शरणमा,ज्यान मार्ने धम्की कसले दियो ?

    काठमाडौं, ११ साउन। बलिउडका सुपरस्टारलाई ज्यान मार्ने धम्की आउने क्रममा बढेको छ । सलमान खानलाई ज्यान मार्ने धम्की आएको बेला दम्पत्ति अभिनेता अभिनेत्री विक्की कौशल र कट्रिना कैफलाई पनि ज्यान मार्ने धम्की आएको छ । उनीहरु अहिले सुरक्षाको माग गर्दै प्रहरीको शरणमा पुगेका छन् ।

    images

    मुम्बई प्रहरीले यो धम्कीको ’दयगतमा सोमबार अज्ञात अपराधीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । यो उजुरी विक्की कौशलले दर्ता गराएका हुन् । विक्की कौशल र कट्रिना कैफलाई सामाजिक सञ्जालमार्फत धम्की दिइने गरेको छ । एएनआईको रिपोर्ट अनुसार मुम्बई पुलिसले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएको छ । मुम्बई पुलिसले सान्ताक्रूज पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको सञ्चारकर्मीलाई जनाएको छ । सामाजिक सञ्जालमा लगातार धम्की आएपछि यो मुद्दा दर्ता गरी अनुसन्धान पनि सुरु गरिएको प्रहरीको भनाई छ ।

    ‘मुम्बई प्रहरीको साइबर शाखाले आरोपीको पहिचान गरेको छ । राजधानि दैनिकमा खबर छ । अभियुक्तले कट्रिना कैफलाई धम्कीसँगै उनको सामाजिक सञ्जाल पोस्टमा अश्लील टिप्पणी पनि गर्थे ।’ प्रहरीले भनेको छ । आरोपी विरुद्ध भारतीय दण्ड संहिताको धारा ५०६ (२) र ३५४ (डी) अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । यसबाहेक, आरोपी विरुद्ध आईटी ऐन टठ (अश्लील फोटो, भिडियो र कमेन्ट पोस्ट गर्ने) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    हालै विक्की कौशल र कट्रिना कैफ माल्दिभ्समा छुट्टी मनाउन गएका थिए । कट्रिना कैफको जन्मदिनको अवसरमा विक्की–कट्रिना आफ्ना साथीहरूसँग माल्दिभ्समा छुट्टी मनाउन गएका थिए । उनको छुट्टीको तस्विर पनि भाइरल भएको थियो । यो जोडीले सामाजिक सञ्जालमा धेरै तस्विर पनि शेयर गरेका छन् । बिदाबाट फर्किएपछि विक्की कौशलले सामाजिक सञ्जालमा लगातारको धम्कीलाई लिएर कारबाही गर्ने निर्णय गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप